Sagun Khabar
फिफा विश्वकप र एसिया कपकाे छनोटका लागि नेपालले आज ताइपेईसँग खेल्दै

काठमाडौं –  सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ।

विश्‍वकप र एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण आजदेखि कुवेतमा सुरु हुन लागेको हो। नेपालले दोस्रो चरणको आफ्नो पहिलो खेल आज चाइनिज ताइपेईसँग खेल्न लागेको हो। नेपाल र चाइनिज ताइपेई बीचको खेल कुवेतको कुवेत सिटीमा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । नेपाल जोर्डन र अष्ट्रेलियासँग भने हारेको थियो। नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ। अष्ट्रेलियाको १२ अंक सहित शीर्ष स्थानमा छ भने जोर्डन र कुवेत समान १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन्। 

नेपाललाई विश्वकप छनोटको तेस्रो चरणमा पुग्‍न भने कठिन छ। बाँकी खेलमा जित निकाल्दै एसिया कप छनोटको तेस्रो चरणमा ठाउँ बनाउने मौका भने नेपालको कायमै छ। 

नेपालले जेठ २४ गते जोर्डनसँग र जेठ २८ गते अष्ट्रेलियासँग खेल्न तालिका तय छ। नेपाली राष्ट्रिय फुटबल टोली जेठ २९ गते स्वदेश फर्कने छ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update