Sagun Khabar
सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु 
Sukkha falful bikas kendra
स्वास्थ्य सन्देश
Atrya hospital

सल्यान – सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जिप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update