Sagun Khabar
परीक्षा सञ्चालन हुन नदिने सिगासका निजी शिक्षकहरुको चेतावनी 

बैतडीको सिगास गाउँपालिकाका विभिन्न विद्यालयमा निजीश्रोतमा कार्यरत शिक्षकहरुले आन्दोलन चर्काउने चेतवानी दिएका छन् । गएको साउनदेखि अहिले सम्म आफूहरुले तलब नपाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको स्वंयसेवक शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन् । उनले भनिन् ‘हामीले लामो समयदेखि हाम्रो समस्या समाधानका लागि आग्रह गरिरहेका छौं । तर पनि गाउँपालिकाले वास्ता गरेको छैन् ।’

तलब भुक्तानीका लागि पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेको संघर्ष समितिले जनाएको छ । आफूहरुको तलब निकासा नगरे चैत २९ गतेदेखि विद्यालय नजाने, बार्षिक परीक्षा सञ्चालन हुन नदिने लगायतका आन्दोलनका कार्यक्रम अघि सारेको चन्दले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै गाउँपालिकाले स्वयंसेवक शिक्षकहरुसंग कुनै सल्लाह नै नगरी कार्यविधि परिवर्तन गरेकाले सो कार्यविधि सच्याउन पनि शिक्षकहरुले माग गरेका छन् । कार्यविधि सच्याएर आफूहरुलाई पूर्ववत रुपमै स्वयंसेवक शिक्षकको रुपमा राख्न समेत उनीहरुले आग्रह गरेका छन् । 

सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा १९१ जना निजीश्रोतका शिक्षकहरु कार्यरत रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update