Sagun Khabar
बैतडीमा माओवादी केन्द्रको विस्तारित बैठक 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा नेकपा माओवादी केन्द्रको विस्तारित बैठक सम्पन्न भएको छ । सर्वोच्च अदालतको फैसलापछि जिल्ला तहमा पहिलो पटक शुक्रबार विस्तारित बैठक बसेको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य विक्रम कुँवर (प्रतीक)ले जानकारी दिए  ।

बैठकमा संगठन सुदृढीकरण, संगठन विस्तार र वर्तमान राजनीतिक अवस्थाका बिषयमा छलफल भएको उनले बताए । बैठकमा जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, जिल्ला संयोजक प्रेमप्रकाश भट्ट, नेतृ रेणु चन्दको पनि सहभागिता रहेको थियो । बै

ठकमा जिल्ला कमिटिका सदस्य, जनवर्गीय संगठनका प्रमुख लगायतको सहभागिता रहेको थियो । बैठकमा पार्टीको संगठन मजबुत बनाउन विगतका कमीकमजोरी सच्याएर अघि बढ्ने, स्थानीयस्तर सम्मै संगठन विस्तार गर्ने लगायतका बिषयमा छलफल भएको कुँवरले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update