Sagun Khabar
बैतडीका आधाभन्दा बढी सामुदायिक वनमा आगलागि
फोटो : बैतडीको एक सामुदायिक वनमा लागेको डढेलो 
स्वास्थ्य सन्देश
Atrya hospital

 लगातारको खडेरीका कारण बैतडीका आधाभन्दा बढी सामुदायिक वनमा आगलागि भएको छ । सुख्खापनका कारण वनजंगलहरुमा डढेलो लागेको स्थानीयहरुले बताएका छन् । अधिकांश वनजंगलहरुमा आगलागि भएको सुर्नया ६ का भोजराज अवस्थीले बताए । सल्लेरी वनहरुमा अन्य ठाउँको भन्दा बढी आगलागि भएको उनले बताए । 

आगलागिका कारण काचो रुखहरु समेत जलेर नष्ट भएका छन् । सामुदायिक वनहरुमा आगलागि हुँदा ससाना बोटविरुवा जलेर खरानी भएका स्थानीयबासीहरुले बताएका छन् । वनमा भएको आगलागिका कारण वातावरण समेत प्रदूषण भईरहेको छ । वनजंगलमा लागेको आगोले बर्षौंसम्म समस्या निम्त्याउने सुर्नया ४ का रामबहादुर महराले बताए । उनले भने ‘वनजंगलमा लागेको डढेलो बोटविरुवाहरु नष्ट भएका छन् । खडेरीका कारण डढेलो बढ्दै गएको छ ।’

वनजंगलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घास राम्रो हुन्छ भन्ने गलत सोचाईका कारण वनजंगलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वनजंगलमा लागेको डढेलोका कारण पानीका मूहानहरु समेत सुक्दै गएका स्थानीयहरुले बताएका छन् । बैतडीमा २ सय भन्दा बढी सामुदायिक वन रहेका छन् । 

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update