Sagun Khabar
भारतबाट फर्केका ५ जनामा कोरोना पुष्टि 

बैतडीमा चैत १० देखि झुलाघाट नाकाबाट फर्केका मध्ये ५ जनामा कोरोना पुष्टि भएको छ । भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको नाकामै एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिँदै आएको छ । अहिले सम्म दशरथचन्द नगरपालिकाका ४ र दोगडाकेदार गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कोरोना पुष्टि भएका सबै अहिले होम आइसोलेसनमा बसीरहेका स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । 

झुलाघाट नाकामा अहिले सम्म दुई सय जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको झुलाघाट हेल्थ डेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट धर्म विकले जानकारी दिए । 

पछिल्लो समयमा भारतमा कोरोनाको दोश्रो लहर फैलिएसंगै नेपाल फर्कने नागरिकहरुको पनि लर्को लाग्न थालेको छ । भारतको अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका र ज्वरो, रुघाखोकी लागेका नागरिकको नाकामै कोरोना परीक्षण भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

नाकामा एन्टीजेन विधिबाट कोरोना जाँच गर्दा पोजेटिभ देखिएमा उनीहरुलाई पीसीआर परीक्षणका लागि जिल्ला अस्पताल पठाउने गरिएको छ । नाकाबाटै एम्बुलेन्समा राखेर उनीहरुलाई जिल्ला अस्पताल सम्म पुर्याउने व्यवस्था गरिएको बताइएको छ ।  
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update