Sagun Khabar
बैतडीका अवस्थीलाई प्रबल जनसेवा 

बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटालीका समाजसेवी राजनितीज्ञ पृथ्वीराज अवस्थी प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपद्वीबाट विभूषित भएका छन् । गत बर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारद्वारा सिफारिस गरिएअनुसार अवस्थीलाई विभूषित गरिएको हो ।

 ८६ बर्षीय अवस्थीले यो भन्दा पहिला पनि गोरखा दक्षिणबाहु पाईसकेको उनका छोरा विष्णु अवस्थीले जानकारी दिए  । पछिल्लो समयमा स्वास्थ्यका कारण अवस्थी घरमै बसीरहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

अवस्थीले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्व पनि गरेका थिए  भने ४ पटक निर्वाचन समेत लडेका थिए । 

पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ । लामो समय सम्म कम्युनिष्ट पार्टीमा रहेर अवस्थीले समाज सेवा गरेको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले बताए  । समाजसेवी अवस्थीले जातीय छुवाछुत अन्त्यका लागि समेत ठूलो योगदान गरेको जानकारहरुले बताएका छन् । 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update