Sagun Khabar
नेपालले आज अस्ट्रेलियासँग खेल्दै

काठमाण्डौ – फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताए । साथै उनले अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि मौका पाउन सक्ने बताए । 

नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अस्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

Atrya hospital

समूह ुबीु मा रहेको अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अङ्क जोडेको छ । 

यसअघि नेपालले चाइनिज ताईपेलाई दुई–शून्य गोल अन्तरले हराएको थियो भने जोर्डनसँग तीन–शून्य अन्तरले पराजित भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update