Sagun Khabar
सुदूरका गायकद्वय भट्ट र जोशीको  ‘जहाज दुर्घटना’बोलको ठाडीभाका सार्वजनिक

बैतडी-  सुदूरपीश्चमका गायकद्वय भोज राज भट्ट र  भानुक्त जोशीको ‘जहाज दुर्घटना’बोलको ठाडीभाका सार्वजनिक भएको  छ ।  पोखरामा भएको दर्दनाक हवाइ दुर्घटनाको अवस्थालाई शब्द र स्वर दिएर दुवै जना गायकले ‘जहाज दुर्घटना’ नामक डाडीभाका गीत सार्वजनिक गरेका हुन् । 

यो गीतमा बैतडी जन्मेका  गायक तथा कलाकार भानुभक्त जोशीको शब्द रहेको छ भने गीतमा डडेल्धुराका देउडा गायक भोजराज भट्टले स्वर दिएका छन् । छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र, उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र जस्ता   मर्मस्पर्सी शब्द संकलन गरेर  गायक भानुभक्त जोशीले गीत रचना गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

विमान दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा उक्त गीत तयार पारिएको गीत बुधबार राति सार्वजनिक भएको हो । जहाज दुर्घटनाको पीडालाई समेटेर बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको गीत ठाडीभाकाको लयमा गायीएको छ ।गीतलाई भुवन बडूले एरेन्ज गरेको हुन भने जीवन बडूले मिक्सिङ गरेका छन् । आफूहरुले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामा श्रद्धाञ्जली दिएको गायकद्वयहरुले बताए । 

हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटिएको छ । दुर्घटनामा ज्यान गुमाउनुभएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा स्लकलाई समेत गीमार्फत सम्झिएका छन् ।माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा  ७२ जनाको ज्यान गएको थियो ।

अहिले शव आफन्तको जिम्मा लगाउनेक्रम सकिएको छैन् । सोही विमानमा सवार महेन्द्रनगरका आमा÷छोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।  राति युट्युवमा  अपलोड गरेको यो भाकालाई हालसम्म धेरै जनाले  हेरिसकेका छन् । दुःखको घडीमा मार्मिक सिर्जना भन्दै गीत सुन्नेहरुले गायकहरुको प्रशंसासमेत गरिरहेका छन् । 


 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update