Sagun Khabar
पार्वती भट्ट ‘प्रेमाश्रु’का गजल 

दिएको  छ  अमूल्य जन्म दातासँग   के  गुनासो  गरुँ, 
व्यवहारले  सा¥है  मन  दुख्यो,  नातासँग  के  गुनासो  गरुँ? 

लाग्छ,  आश्रय  नपाएर  नै  आश्रम  रोजेकी  हुन्  सायद,
घर छोड्नु–आफ्ना त्याग्नु हुदैनथ्यो,मातासँग के गुनासो गरुँ? 

स्वास्थ्य सन्देश
Atrya hospital

जता–जता  सुर्य जान्छ; उतै  फर्किने  सुर्यमुखी पनि  आज,
सुर्यकै  तात्तातो  रापले  सुक्यो,  छातासँग के  गुनासो गरुँ? 

पल्टाई पाना–पाना भाव केलाउन नसक्नु, मेरै कमजोरी हो,
सारा  ज्ञान   छोपिदिएछ  भनी,  गातासँग  के  गुनासो  गरुँ? 

न  विथ ड्र  भए   वेदनाहरू,  न  खुसी   डिपोजिट  गर्न  सकेँ,
गोस्वारा नै गलत भरिएछ जीवनको,खातासँग के गुनासो गरुँ?
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update