Sagun Khabar
विक्रम कुँवर (प्रतिक)को ‘मेरा बाँज परदेश बाइग्या’ बजारमा 

बैतडी – गायक तथा सर्जक विक्रम कुँवर (प्रतीक)को ‘मेरा बाँज परदेश बाइग्या’बोलको ठाडी भाका बजारमा आएको छ । विक्रम कुँवर प्रतिक युट्युब च्यानलबाट उक्त ठाडी भाका बिहीबार सार्वजनिक गरिएको हो । 

बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोट घर भएका कुँवरले पछिल्लो समय बजारमा ल्याएको ठाडी भाकामा रोजगारीका लागि परदेश गएकाहरुको पीडा समेटिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

उक्त गीतमा कुँवरको शब्द,लय र स्वर रहेको छ भने स्वरमा गायिक धर्मा बोहरा (भावना)ले साथ दिएकी छन् । दिपक संगम विसी एरेन्जर रहेको गीतको निर्देशन भीम थापाले गरेका छन् । गीतमा उर्मिला कुँवर र ललित साउँदको अभिनय रहेको छ । 

माओवादी निकट जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका कुँवरले यसअघि पनि झुपडीका आवाज,पुर्चौंडी घुमौला,मान्छे मान्छे बिचको भेदभाव ,जाउ है साथी र लिपुलेक हाम्रै हो लगायतका दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् । 

तल दिएको युट्युब लिंकमा क्लिक गरेमा गीत हेर्न र सुन्न सकिनेछ । 

https://www.youtube.com/watch?v=mQmYRcRJnqA

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update