Sagun Khabar
गौराको अवसरमा बैतडीको सुर्नयामा देउडा कार्यक्रम सम्पन्न 

बैतडी–गौरा पर्वको अवसरमा बैतडीको सुर्नया गाउँपालिकामा देउडा कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठन सुर्नया गाउँकार्यसमितिको आयोजनामा रौलेश्वर मावि रामकी बरायलको प्रांगणमा शनिबार देउडा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा महिला तथा पुरुष देउडीयाहरुका साथै स्थानीयहरुको सहभागिता रहेको थियो । स्थानीय संस्कृतिको जगेर्ना, संरक्षण र पुस्तान्तरणका लागि देउडा कार्यक्रमको आयोजना गरिएको नेपाल निजामति कर्मचारी संगठन सुर्नया गाउँकार्यसमितिका सचिव रामसिंह महराले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कार्यक्रममा सहभागी १२ जना देउडीयाहरुलाई दोसल्ला, प्रमाण पत्र र नगद ५ सयसहित सम्मान गरिएको छ । कार्यक्रम अन्तर्गत रौलेश्वर माविको प्रांगणमा दिनभरी देउडा खेलेर रमाइलो गरिएको छ । 

नेपाल निजामति कर्मचारी संगठन सुर्नया गाउँकार्यसमितिका अध्यक्ष लोकबहादुर बिष्टको अध्यक्षतामा भएको देउडा कार्यक्रममा एमालेका प्रदेश कमिटि सदस्य मोहनबहादुर बिष्ट प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update