Sagun Khabar
बैतडीमा शान्त मन, आनन्दमय जीवनका लागि राजयोग प्रशिक्षण कार्यक्रम सम्पन्न 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी – बैतडीमा राजयोग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग सेवा केन्द्र पाटन बैतडीको आयोजनामा यही भदौ ९ गतेदेखि सञ्चलन भएको राजयोग प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । 

विरेन्द्र मावि शाहीलेकमा सञ्चालन भएको राजयोग प्रशिक्षण कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो । राजयोगद्वारा शान्त मन आनन्दमय स्वस्थ जीवनका लागि सकारात्मक परिवर्तन सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बह्रमाकुमारी बिमला बोहराले बताइन् । । कार्यक्रममा मोटीभेशनल कोच रमण भट्टराईले प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रममा राजयोग प्रशिक्षिका बह्रमाकुमारी  हिरा दिदिको समेत सहभागिता रहेको थियो । जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बह्रमाकुमारी  ईश्वरीय विश्वविद्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update