Sagun Khabar
बैतडीमा बह्रमाकुमारी ईश्वरीय विश्व विद्यालयको सामूहिक रक्षा बन्धन 

बैतडी–बैतडीमा बह्रमाकुमारी ईश्वरीय विश्व विद्यालयले सामूहिक रक्षा बन्धन कार्यक्रम गरेको छ । विभिन्न कामको सिलसिलामा घर जान नपाएका दाजुभाई दिदीबहिनीहरुलाई लक्षित गरेर सामूहिक रक्षा बन्धनको आयोजना गरिएको बह्रमाकुमारी बिमला बोहराले बताइन् । 

रक्षा बन्धनको अवसरमा जिल्ला प्रहरी कार्यालयमा पुगेर सबैलाई रक्षासुत्र बाँधिएको उनले बताइन् । यस्तै जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई पनि अस्पतालमै पुगेर रक्षा सुत्र बाँधिदिएको उनले बताइन् ।विश्व विद्यालयको तर्फबाट बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै पाटनस्थित इलाका प्रहरी कार्यालयमा पनि सामूहिक रक्षा बन्धनको आयोजना गरिएको बह्रमाकुमारी बोहराले बताइन् । 

Hospital raxa1693484555.jpg

आज बिहान घरेलु तथा साना उद्योग कार्यालयमा आयोजना भएको सामूहिक रक्षा बन्धनमा सहभागी भएका दाजुभाई तथा दिदीबहिनीहरुलाई रक्षा सुत्र बाँधेर रक्षा बन्धन मनाएको बह्रमाकुमारी ईश्वरीय विद्यालयले जनाएको छ । 

दाजुभाई दिदीबहिनीबीचको स्नेहलाई अझै बलियो बनाउन र परमपिता परमेश्वरको स्नेह सुत्रमा बाँध्नका लागि सामूहिक रक्षा बन्धनको आयोजना गरिएको बह्रमाकुमारी बोहराले बताइन् ।  

Police raxa1693484556.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update