Sagun Khabar
द्वारिकादेवी ठकुरानी प्रतिष्ठानको आयोजनामा बैतडीको पञ्चेश्वरमा देउडा प्रतियोगिता

बैतडी- बैतडीको  पञ्चेश्वर कुलाउँमा देउडा प्रतियोगिता सम्पन्न भएको  छ । द्वारिकादेवी चन्द ठकुरानी प्रतिष्ठान शाखा कुलाउँ  पञ्चेश्वरको आयोजनामा पालिकाको  वडा नं ३  कुलाउँमा देउडा प्रतियोगिता सम्पन्न भएको हो  ।

वडाको  आथिक सहयोगमा देउडा प्रतियोगिता गरिएको द्वारिकादेवी चन्द ठकुरानी प्रतिष्ठान शाखा कुलाउँका अध्यक्ष राकेश चन्दले  जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार दोस्रोलाई ९ हजार तेस्रो स्थान हासिल गर्नेलाई ६ हजार र सन्तोनालाई तीन हजार प्रमाणपत्र दिइएको उनले  बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

 देउडा प्रतियोगितामा पञ्चेश्वर ३ कै स्थानीय बलबीर सिंह जोशी प्रथम भएका छन्  । यस्तै मेलौली नगरपालिकाका श्याम बाग दोस्रोभएका हुन भने पञ्चेश्वर ३ का प्रेमसिंह साउँद तेस्रो र सन्तोना पञ्चेश्वर ४ की जैमती चन्द भएका प्रतिष्ठान शाखा अध्यक्ष चन्दले बताए । देउडा खेल लगायत स्थानीय कला संस्कृति जोगाउने  उदेशयले आयोजना गरएको प्रतियोगितामा द्वारिकादेवीको सघर्ष र उनको  योगदानमा आधारीत देउडा पस्केका थिए ।

देउडा कार्यक्रमको  समापन सत्रमा बोल्दै पञ्चेश्वर  गाउँपालिका उपाध्यक्ष बिना भट्टले  द्वारिकादेवीको बारेमा नयाँ पुस्ताले जानकारी पाउने भएकाले अगामीदिनमा पनि  यस्ता कार्यक्रम आयोजना गर्न सहयोग गर्ने बताइन् । द्वारिकादेवी चन्द ठकुरानी नेपालकी पहिली महिला सांसद हुन् ।  उनले १९९२ सालमा बैतडी तल्लो स्वराडका उद्धव बहादुर चन्द ठकुरीसंग बिवाह गरेका थिए । नेपाली कांग्रेसले २०१५ सालको आमचुनावमा क्षेत्र नं. ६६ डडेल्धुराबाट द्वारिकादेवी ठकुरानीलाई उम्मेदवार बनाएको थियो । २०१५ सालमा प्रतिनिधिसभा चुनावमा १०९ निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो ।

ठकुरानीले ३,९०३ मत ल्याएर विजयी भएकी हुन् । उनले निर्वाचन क्षेत्र नं. ६६ डडेल्धुरा जिल्लामा पूर्वप्रधानमन्त्री डा. केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई पराजित गरेकी थिइन् । ठकुरानी १३ जेठ ०१६ मा विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिमण्डलमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्रीमा भइन् । १६ असार ०१६ मा मन्त्रीमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायकमन्त्री बनिन् । नेपालको मन्त्रीमण्डलमा समावेश हुने ठकुरानी पहिलो महिलामन्त्री हुन् ।

बीपी कोइरालाको मन्त्रीमण्डलमा द्वारिकादेवी र उनका भाइ शिवराज पन्त खाद्य, कृषि र वनमन्त्री बनेका थिए । एउटै बुबाका दुई छोराछोरी मन्त्री हुनेमा ठकुरानी र पन्त पर्छन् । द्वारिकादेवी चन्द ठकुरानीको जन्म १९७४ कार्तिक १२ गते डोटीमा भएको थियो भने मृत्यु २०५९ साल मंसिर २४ गते  कैलालीको जोगेडामा भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update