Sagun Khabar
हरितालिका तीजको अवसरमा बैतडीको मठैराजमा भव्य सांस्कृतिक कार्यक्रम हुने

बैतडी- बैतडीको  डिलाशैनीमा भव्य  सांस्कृतिक  कार्यक्रम हुने  भएको  छ । मठैराज सांस्कृतिक युवा क्लवको आयोजनामा भदौ ३१ गते  देखि गाउँपालिकाको  वडा नं  ४ मठैराजमा भव्य  सांस्कृतिक   कार्यक्रम हुने भएको हो ।

हरितालिका तीजको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मठैराज साँस्कृतिक युवा क्लवका अध्यक्ष महेशराज पन्तले जानकारी दिए । स्थानीय कला संस्कृतिको  जर्गेना गर्ने  उदेश्यले २०७१ सालबाट निरन्तर जनचेतनामूलक  र सांस्कृतिक कार्यक्रम गर्दै आएको मठैराज साँस्कृतिक युवाक्लवले  दुई  वर्ष कोरोनाका कारण कार्यक्रम गर्न  सकेको  थिएन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो वर्ष देखि कार्यक्रम सञ्चालन गर्ने  निर्णय भएको क्लवका अध्यक्ष पन्तले  बताए । भदौ १४ गते बसेको  क्लवको बैठकले यो  वर्ष तिज विशेष  कार्यक्रम आयोजना गर्ने निर्णय गरको उनले  बताए । भदौ ३१ गते  र असोज १ गते हरितालिका तिजको दिन भव्य सांस्कृतिक कार्यक्रम हुने उनको भनाई  छ । 

कार्यक्रममा विद्यालयस्तरिय नृत्य प्रतियोगिता,जनचेतनामूलक सांगीतिक तथा सांस्कृतिक कार्यक्रम,मठैराज युवाक्लवको नृत्य,स्थानीय कलाकारको प्रस्तुति सहित छलिया, हुड्क्यौली , फाग, देउडा र ठाडो खेल खेलिने जनाइएको छ । भदौ  ३१ र असोज १ गते हुने  दुई दिवसिय  सांस्कृतिक  कार्यक्रममा उपस्थितिका लागि सबैलाई  आग्रह पनि गरिएको  छ। 

२०७१ सालमा स्थापना भएको मठैराज साँस्कृतिक युवा क्लवले निरन्तर सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम, मेला महोत्सव गर्दै आएको क्लवका अध्यक्ष पन्तले  बताए। बैतडीमै पहिलो पटक आफुहरुले मठैराजमा सांस्कृतिक महोत्सको आयोजना गरेको  समेत उनले  दावी गरेका छन् । जातीय छुवाछुत,छाउपडी प्रथा, बालविबाह न्यूनीकरणका लागि जनचेतना कार्यक्रम गरेर मठैराज सांस्कृतिक युवाक्लव विभिन्न संघसंस्थाबाट पुरस्कृत समेत भैसकेको क्लवका उपाध्यक्ष उमेश बहादुर बोहराले बताए । 

विभिन्न सहयोगिहरुको सहयोगमा मठैराजमा छ चोटी मेला महोत्सव आफुहरुले आयोजना गरेको उनले बताए । जिल्लाको कला, संस्कृति संरक्षण गरेर  नयाँ प्रतिभा उत्पादनका लागि  युवाहरुको  पहलमा सांस्कृतिक मेला महोत्सव आयोजन हुने  भएपनि  सरकार पक्षबाट सहयोग नहुँदा आयोजक समस्यामा पर्ने  गरेका छन् । यस्ता  मेला महोत्सव सञ्चालन गर्दै आएका संघसंस्था तथा क्लवहरुलाई  सहयोग गर्नुे पर्ने युवाहरुको  माग छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update