Sagun Khabar
बैतडीको लदैलीमा  देउडा प्रतियोगिता हुने 
फाइल फोटो

बैतडी- बैतडीको लदैलीमा देउडा प्रतियोगिता हुने भएको  छ । जिल्लाको पाटन नगरपालिका– १ लदैलीमा भोली भदौ २६ गते  देउडा प्रतियोगीता हुने भएको हो ।

सुदूपश्चिमेली भाषा, कला संस्कृति जोगाउ अभियानको  अयोजनामा देउडा प्रतियोगीता हुन लागेको अभियानका संयोजक विष्णु दत्त भट्टराईले  जानकारी दिए ।  गौरा पर्वको अवसरमा यही २४ गते हुने प्रतियोगीता  निरन्तरको बर्षाले स्थगीत गरिएको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

देउडाका  प्रतियोगीतमा पुरस्कारको  समेत व्यवस्था गरिएको  छ ।  देउडामा प्रथम हुनेलाई  पाँच हजार , द्धितियलाई ३ हजार, तृतिय हुनेलाई दुई  हजार  नगदसहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।लदैलीमा  प्रत्येक बर्ष भव्य गौरा पर्व हुने भएपनी औपाचारिक देउडा कार्यक्रम पहिलो पटक गरिन लागेको हो ।

 देउडाको संरक्षण, संवर्द्धन, प्रवर्द्धनका साथै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको अयोजकले  जनाएको  छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update