Sagun Khabar
बैतडीको लदौलीमा देउडा प्रतियोगिता, भट्टराई भए प्रथम 

बैतडी –बैतडीको पाटन नगरपालिका–१ लदौलीमा सम्पन्न देउडा प्रतियोगितामा देउडीया चेतराज भट्टराई प्रथम भएका छन् ।

गौरा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा भट्टराईले प्रथम स्थान हासिल गरेका हुन् । यस्तै देउडीया श्याम बाग दोश्रो र  पशुपती पाण्डेय तेश्रो भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रथम, दोश्रो र तेश्रो हुने देउडीयालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

सुदूपश्चिमको भाषा, कला र संस्कृति जोगाउने अभियान अन्तर्गत मंगलबार देउडा प्रतियोगिताको आयोजना गरिएको हो । 
प्रतियोगितामा विभिन्न ठाउँबाट ९ जना देउडीयाहरुले सहभागिता जनाएका आयोजक अभियानका संयोजक विष्णुदत्त भट्टराईले बताए । उनले अगामी दिनमा पनि कार्यक्रमलाई निरन्तता दिने प्रयास गर्ने बताए ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले यस्ता प्रतियोगिताले स्थानीय संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update