बझाङमा २८ बर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा १३ बर्षीय बालक पक्राउ 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका सोही ठाउँका एक नाबालकलाई पक्राउ गरिएको हो ।
जबरजस्ती करणी गरी फरार भएका नाबालकलाई पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:२३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
