Sagun Khabar
भूकम्प   पीडितहरुको अवस्था बुझ्न पूर्वगृहमन्त्री  लामिछाने बझाङमा

बैतडी - भूकम्प पीडितहरुको अवस्था बुझ्न पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ आइपुगेका छन्।

बुधबार साँझ बझाङ पुगेका उनले भूकम्पपछि घाइते भएका र विस्थापितहरुलाई भेटेका छन्। बझाङको वित्थडचिर, केदारस्युँ गाउँपालिकामा भूकम्प पीडितसँग भेटघाट गरी अबेर सदरमुकाम चैनपुर पुगेका लामिछाने भूकम्पका कारण बाहिर बसिरहेका सदरमुकामका स्थानीय र घाइतेहरुलाई भेटेका थिए।

स्वास्थ्य सन्देश
Atrya hospital

आज बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाकर्मी र स्थानीयसँग भेटघाट गरेका लामिछानेले पीडितहरुलाई राहत समेत वितरण गरेका छन्।

उनले विपद्मा परेकाहरुलाई सान्त्वना दिन बझाङ आएको र यहाँको समस्या प्रति गम्भीर बन्न सदन र अन्य निकायमा आवाज उठाउने बताए।

यस्तै   पूर्व गृहमनत्री लामिछानेले भूकम्पपीडितहरुका लागि ल्याएका टेन्ट लगायतका सामग्री पनि प्रमुख जिल्ला अधिकारीलाई  बुझाएका छन् ।  

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update