Sagun Khabar
बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प 

बझाङ–बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति १० बजेर ५२ मिनेटमा ४ दशमवलव ३ रेक्टर स्केल र राति १२ बजेर २३ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

गएको मंगलबार दिउँसो ३ बजेर मिनेटमा चैनपुर आसपास केन्द्र बिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । मंगलबारको भूकम्पपछि अहिले सम्म साना ठूला गरेर ३ सय २ पराकम्प गइसकेका भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । 

अझै पनि पराकम्प जाने क्रम जारी रहेको उनले बताए । पश्चिमी क्षेत्रमा सन् १५०५ देखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेला पनि ठूलो भूकम्प जान सक्ने तामाङले बताए । उनले भने ‘विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन् । अहिले मध्यम खालको भूकम्पहरु गइरहेको छ । ठूलो भूकम्पको सम्भावना कायमै रहेको छ ।’

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update