Sagun Khabar
बझाङका भूकम्प पीडितसंग मुख्यमन्त्री शाहले छलफल गरे 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बझाङको भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । 
उनले जिल्लाका विभिन्न पालिकाको स्थलगत अवलोकन र पीडितहरुसँग छलफल गरेका छन् । मुख्यमन्त्री शाहले भूकम्पबाट बढी क्षति भएको जयपृथ्वी नगरपालिका, केदारस्युँ र थलारा गाउँपालिकाको स्थलगत भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले क्षतिग्रस्त व्यक्तिका घर, स्वास्थ्य संस्थाका भवन र विद्यालयहरुको निरीक्षण गरेका थिए ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि प्रदेश सरकारले काम शुरु गरिसकेको उनले बताए । 
विपद्मा परेका जनताको राहत र पुनस्र्थापनाको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update