रुखबाट लडेर ८ वर्षीय बालकको मृत्यु
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका–७ खगेडाका पदमराज सार्कीको छोरा ८ वर्षीय बिजय सार्कीको रुखबाट खसेर शुक्रवार साँझ मृत्यु भएको हो।
घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेर बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो। उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १३:१२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
