Sagun Khabar
बाजुरामा साँफे –मार्तडी सडक फेरी अवरुद्ध 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital


बाजुरा –लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्गमा पुनः पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए

उनका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ ।  उक्त क्षेत्रमा ठूलो पहिरो आएको र पन्छाउनका लागि स्काभेटर तयार रहेको भए पनि पानी नरोकिएका कारण सडक खुलाउन सकिने अवस्था नरहेको प्रहरी निरीक्षक साउदले बताए । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update