Sagun Khabar
डडेल्धुराको जोगबुढामा आँखा उपचार केन्द्र स्थापना 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको जोगबुढामा आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले सेभ नेपालको सहयोगमा जोगबुढा अस्पतालमा उपचार केन्द्र स्थापना गरेको हो ।  

सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवा विस्तार गर्ने क्रममा जोगबुढा अस्पतालमा पनि आँखा उपचार केन्द्र स्थापना गरेको गेटाका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए । उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरी आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया समेत गरिने उनले बताए ।

सो केन्द्रको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँद र गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञ राज चौधरीले शनिबार उद्घाटन गरेका हुन् ।  

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update