बझाङमा फेरि भूकम्प 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ ।
गएराति १० बजेर ४ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता बझाङ केन्द्रबिन्दु बनाए सैयौं पराकम्प गइसकेका छन् । भूकम्पका पराकम्प जाने क्रम अझै नरोकिएको भूकम्प मापन केन्द्रले जनाएको छ । 
 
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:४५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
