हेल्थपोष्टमा तोडफोड गरेर कण्डम चोरी
                        
                        
                                                
                                            
                                                                    बैतडी- हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी भएको छ। बझाङको सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्टमा बुधबार राति तोडफोड गरेर कण्डम चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १०:१०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
