Sagun Khabar
इजरायलमा मारिएका गणेशको सेती नदीमा दाहसंस्कार
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –इजरायलमा मारिएका बझाङको जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो । 

उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरु सहभागी थिए । चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आईएस्सी पास गरेका उनी टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए । पढाईमा निकै अब्बल गणेश लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गएको भदौमा इजरायल गएका थिए । 

उनीसँगै टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणमा परेर गणेशसहित १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । मृत्यु हुने मध्ये सात जना सुदूरपश्चिमका रहेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update