हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गर्ने  पक्राउ, बेलुन बनाएर उडाएको  बयान
                        
                        
                                                
                                            
                                                                    बैतडी -हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गर्ने्लाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार राति बझाङ जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर कण्डम चोरी गरेको आरोपमा सुर्मा गाउँपालिका २ का १४ वर्षीय किशोर अजय बोहरा पक्राउ परेका परेका हुन् ।
पक्राउ परेका किशोरले वेलुन बनाएर उडाउनका लागि कण्डम चोरेको  बयान दिएका प्रहरीलाई बताएको छ । बोहराले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् ।
सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङका डिएसपी भरत शाहले बताए। 
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०९:३१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
