किशोरी मृत अवस्थामा फेला
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ५ की अस्मिता कुमारी जोशी मृत फेला परेकी हुन् ।
सुनी पिपलचौर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी आफू बस्ने कोठामा मृत फेला परेको बताइएको छ । जोशीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
