बझाङमा लागूऔषधसहित एक जना पक्राउ 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुर बजारमा रहेको सुर्जन हेयर कटिङ पसल भित्र लागूऔषध लुकाई छिपाई राखेको फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।
लागूऔषध ट्रामाडोलसहित पसल सञ्चालक सुर्जन धामीलाई पक्राउ गरेको प्रहरी निरीक्षक चौधरीले बताए । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:२०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
