बझाङमा प्रतिबन्धित औषधी बेच्ने मेडिकल सञ्चालक पक्राउ 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा प्रतिबन्धित औषधी बेच्ने मेडिकल सञ्चालक पक्राउ परेका छन् ।
आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषधसँगै हेयर कटिङ सञ्चालक पक्राउ परेका हुन् । सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँग दिएकोे बयानका क्रममा सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।
सुर्जनको बयानका आधारमा मेडिकलका सञ्चालक प्रविन मण्डललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:२७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
