रुखबाट लडेर एक जनाको मृत्यु 
                        
                        
                                                
                                            
                                                                    बझाङ –रुखबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको थलारा गाउँपालिका–८ पण्डित गाउँका ५५ वर्षीय गंगादत्त पण्डितको रुखबाट लडेर मृत्यु भएको हो । भीमलको रुखमा चढेर घाँस काटिरहेका पण्डित आइतबार बिहान रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते पण्डितको जिल्ला अस्पताल सिमखेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी, प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन् । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:२०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
