बझाङमा जिप र बस एकआपसमा ठोक्किए 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा बस र जिप आपसमा ठोकिएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बाग्थलामा बस र जिप एकआपसमा ठोक्किएका हुन् ।
बझाङबाट धनगढीका लागि छुटेको कर्णाली रिभर साइड यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३२७९ नम्बरको बस र धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३६१३ नम्बरको जिप एकआपसमा ठोक्किएका प्रहरीले बताएको छ ।
बस र जिप दुवैको अगाडिको भागमा क्षति भएपनि मानवीय क्षति भने नभएको बझाङ प्रहरीले जनाएको छ । दुवै जना चालकलाई अस्थाई ट्राफिक चेक पोस्ट बाग्थलाले नियन्त्रणमा लिएको छ ।
 
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:५२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
