Sagun Khabar
बझाङको चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङको चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ ।

गत असोज १६ गते चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको हो । पछिल्लो समय सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङमा पनि मापन केन्द्र निर्माण गरेको हो । 

यस अघि सुदूरपश्चिमको दार्चुला र बाजुरामा पनि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update