बझाङमा फेरि भूकम्प 
                        
                        
                                                
                                            
                                                                    बझाङ–बझाङ केन्द्र भएर भूकम्प गएको छ । सोमवार बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्र बिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बझाङसहित बैतडी, बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस भएको छ । बझाङमा गत असोज महिनामा तलकोट र चैनपुर केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो । 
 
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:४१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
