बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ चौडामकी अन्दाजी ४५ वर्षीया गंगा देवी भण्डारीको हिजो (आइतबार) मृत्यु भएको हो ।
खर काट्ने क्रममा भिरबाट लडेर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:५४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
