Sagun Khabar
बझाङमा झण्डै एक क्वीन्टल गाँजासहित तीन जना पक्राउ

बझाङ –बझाङको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । 
आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा लागुऔषध (गाँजा)सहित तीन जनालाई पक्राउ गरेको हो । 

खप्तडछान्ना गाउँपालिका–७ गोरखाली बस्ने ६४ वर्षीय खडक खड्का, गोरखाको अजिरकोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरुको साथबाट गाँजाको दाना र धुलो गरी ९१ केजी, ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले बताए ।

पक्राउ परेका तिनै जनामाथि जिल्ला अदालत बझाङबाट १५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update