Sagun Khabar
बझाङका एक बालक कैलालीबाट बेपत्ता 

बझाङ– बझाङका एक बालक कैलालीबाट बेपत्ता भएका छन् । बझाङ घर भइ कैलालीको जोशीपुर गाउँपालिका–५ बनकट्टा बहुनिया बस्दै आएका १६ बर्षीय शेरबहादुर खाती बेपत्ता भएका हुन् । 

गएको शुक्रबारदेखि शेरबहादुर बेपत्ता रहेका उनका बुवा दिपक खातीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

शेरबहादुर शुक्रवार राति ८ बजे धनगढी चौराहाको सिसिटिभी फुटेजमा देखिएपनि अहिले सम्म सम्पर्क हुन नसकेको उनका आफन्त बिराज रावलले बताए । 

शेरबहादुरलाई कसैले देखे वा भेटेमा ९८६५७३३०५४,९८६५८५४९७० र ९८५८४२५७५३ नम्बरका साथै नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन रावलले आग्रह गरे । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update