Sagun Khabar
बझाङमा जिप दुर्घटना, चालक घाइते 

बझाङ –बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर १ को गुरेल्थुमा से १ ज ५९३ नम्बरको जिप दुर्घटना भएको हो । 

चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको जिप शनिवार कोल्ढुङ्गा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिपमा सवार सबै यात्रु सकुशल रहेका छन् । चालक दिनेश धामीलाई चोट लागेको छ । उनको चैनपुरमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनाका कारण जिपमा भने क्षति पुगेको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update