Sagun Khabar
सिद्धपुर बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

बैतडी –बैतडीको सिद्धपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैतडीको पाटन नगरपालिका १० स्थित सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको हो । 

सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष प्रजापति पन्तको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । त्यस्तै सभामा महालक्ष्मी साना किसान कृषि सहकारीका अध्यक्ष अर्जुन कुँवर र सिद्धपुर बीउ प्रवद्र्धन सहकारी संस्था लिमिटेडका अध्यक्ष उद्धवराज पन्त बिशिष्ट अतिथी रहेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

साधारण सभामा सिद्धपुर बचत तथा ऋण सहकारी संस्थाले  २०७९÷०८०को असार मसान्त सम्म १ करोड ६८ लाख ३४ हजार ३७८ रुपैंयाको कारोबार गरेको संस्थाका व्यवस्थापक अर्जुनदेब भट्टले जानकारी दिए । संस्थाले अहिलेसम्म १ करोड ४० लाख ६९ हजार १११ रुपैंया ऋण लगानी गरिसकेको भट्टले बताए ।

६ सय ५५ जना शेयर सदस्य रहेको सहकारीले नियमित बचत, बाल बचत, ऐच्छिक बचत र मासिक बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । बार्षिक साधारण सभामा सहकारी संस्थाका शेयर सदस्यका साथै अन्य सरोकारवालाहरुको पनि उपस्थिती रहेको थियो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update