Sagun Khabar
बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक चरेससहित पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ – बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–४ पुरानो यातायात कार्यालय नजिकबाट चरेससहित एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खाती सुदूरपश्चिम प्रदेश ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्ससहित पक्राउ परेका हुन् ।

खातीको साथबाट २ किलो ८ सय ग्राम चरेस फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update