Sagun Khabar
एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

सुत्केरी व्याथा लागेकी थापालाई आइतबार स्वास्थ्य संस्था पुर्याइएको थियो । थापालाई अत्यधिक रक्तश्राव भएपछि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख भरत शाहले बताए । 

थापाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बुझिएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update