Sagun Khabar
बझाङको भूमीराज –कैरला–भवानी जात्रामा धामी नाचको आकर्षण 

बझाङ – बझाङको बित्थडचीर गाउँपालिका ९ उडीस्थित भूमीराज –कैरला–भवानी जात्रा सम्पन्न भएको छ । हरेक बर्ष मंसिर शुक्ल चतुर्दशी र पूर्णिमा दिन लाग्ने उक्त जात्रामा बझाङका मात्रै नभएर सीमावर्ती बैतडीका दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । 

हरेक बर्ष धान्य पूर्णिमाका दिन उक्त मन्दिरमा भव्य जात्रा लाग्ने गरेको बित्थडचीर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

भूमीराज –कैरला–भवानी जात्रामा धामी नाच मुख्य आकर्षणको रुपमा रहेको वडा अध्यक्ष जोशीले बताए । चतुर्दशीको रात्री र पूर्णिमाको दिन बाजागाजासहित धामी नाच्ने गरेका छन् । यो नाच नै यो जात्राको मुख्य आकर्षणको रुपमा रहेको वडा अध्यक्ष जोशीले बताए । उनले भने ‘यो जात्रामा मुख्य आकर्षण भनेकै धामी नाच हो । बाजागाजाका साथ धामी नाच्ने गर्दछन् । यो नाच हेर्न टाढाका भक्तजनहरु समेत पुग्ने गरेका छन् ।’

जात्राको अवसरमा देउडा समेत हुने गरेको छ । यो बर्ष पनि महिला तथा पुरुषहरुको सहभागितामा देउडा कार्यक्रम सम्पन्न भएको बित्थडचीर गाउँपालिका वडा नं ९ का वडा सदस्य मानसिंह रावलले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update