Sagun Khabar
अत्यधिक रक्तश्रावका कारण एक गर्भवती महिलाको मृत्यु 

बझाङ –अत्यधिक रक्तश्राव भएपछि बझाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–६ सिङराल्लीकी ३५ वर्षीय गौबडीदेवी धामीको शनिवार मृत्यु भएको हो । 

जिल्ला अस्पताल बझाङमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

बिगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएकी धामीमा उच्च रक्तचापको समस्या समेत रहेको थियो । रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारकी लागि आएकी धामीको त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल रेफर गरेको केदारस्युँ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश बलायरले बताए ।

बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्याइएकी धामीको मृत्यु भएको जनाइएको छ । सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि हेलिकोप्टरको व्यवस्थापन गरिरहेकै बेला उनको मृत्यु भएको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update