Sagun Khabar
जयपृथ्वी नगरपालिकाको जेसीबी दुर्घटना, चालकको मृत्यु 

बझाङ –बझाङमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको सुपप्र ०१००१ क २३५४ नम्बरको जेसीबी जयपृथ्वी राजमार्ग अन्तर्गत सिमखेतमा सोमबार राति साढे ९ बजेतिर दुर्घटना परेको हो । 

जेसीबी दुर्घटना हुँदा चालक बित्थडचीर गाउँपालिका –६ का ३० बर्षीय प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बसपार्कबाट नगरपालिकाको कार्यालयतर्फ गइरहेको जेसीबी दुर्घटनामा परेको हो । जेसीबी सडकबाट २० मिटर तल खसेको बताइएको छ । जेसीबीमा च्यापिएर चालकको मृत्यु भएको हो । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता, प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update