Sagun Khabar
भिरबाट लडेर  महिलाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ - बझाङमा भिरबाट लडेर ३० वर्षीया महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने श्याम रोकायाको श्रीमती ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो।

शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन्। उनको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएपछि डाक्टरले चेक गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update