Sagun Khabar
बझाङमा जिपको  ठक्करबाट  महिला घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

 बझाङ- बझाङमा  जिपको ठक्करबाट एक महिला घाइते  भएकी छन ।   केदारस्युँ गाउँपालिका वडा नं ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिदा सोहि ठाँउकी ५५ वर्षिया महेश्वरी मल्ल घाइते  भएकी छन ।

बागथला बाट चैनपुर तर्फ आइरहेको सुदूरपश्चिम  प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले  ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते  मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भईरहेको छ । घटना बारेमा थप  अनुसन्धान  भैरहेको  प्रहरीले  जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update