Sagun Khabar
बझाङमा  ट्रक दुर्घटना
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ-  बझाङमा ट्रक दुर्घटना भएको छ । बाग्थला बिजगडा सडक खण्ड अन्तर्गत बाग्थलाबाट आधा किलोमिटर अगाडी सेतो पहिरोमा ट्रक चिप्लेर दुर्घटनामा परेको  हो । 
ट्रक चालकले भने हाम फालेर ज्यान बचाएका स्थानीय विकास मल्लले बताए ।  ट्रक सडकबाट करिब १०० मिटर तल खसेको छ । 

आज दिउँसो करिब १ बजेतिर इन्धन, सिमेन्ट, सरिया, प्लाइउड, जस्ता लगायतका सामान बोकेर बाग्थलाबाट बुङ्गल तर्फ गइरहेको भे १ ख ३७९३ नम्बर ट्रक सडकबाट चिप्लिदा सामानसँगै ट्रकमा क्षति हुन पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update