Sagun Khabar
बझाङ्गका एक  पुरुष भारतमा  मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ्ग- बझाङ्गका एक जना पुरुष भारतमा  मृत फेला परेका छन्। बझांङ्गको छान्ना घर भइ हाल भारतको बैंगलोरमा काम गर्दै आएका  सन्तोष रावल मृत फेला परेका हुन्।

काम गरेर फर्किने बेला करिब ३ बजे आफ्नो अफिसबाट ३ किलोमिटर टाढा मेट्रो पुल तल रावलको लास  फेला परेको आफन्तहरुले बताएका छन् ।

 उनको शव अस्पतालमा  राखिएको छ ।  मृतक रावल आफ्नो परिवार र बच्चासँग बैंगलोरमा बस्दै आएका थिए।  घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update